वाइसियल नेपाल जुम्लाको अध्यक्षमा खगेन्द्र कार्की निर्वाचित

पूर्ण चौलागाईं ।
वाइसियल नेपाल जिल्ला कार्यसमिति जुम्लाको अध्यक्षमा खगेन्द्र कार्की निर्वाचित भएका छन् । छैटौं जिल्ला अधिबेशनबाट कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा पूर्ण सुनार, हरि बहादुर बोहरा र तप्तराज जैसी, सचिब सत्यनारायण योगि , सहसचिव मान बहादुर कठायत, भागरती भण्डारी , बिर्ख कामी , बिराज बुढा र कोषाध्यक्षमा बिष्णु चन्द्र बिस्ट निर्वाचित भएको वाइसियल नेपाल जुम्ला जिल्ला इन्चार्ज हस बस्नेतले बताए ।
कार्कीले अध्यक्षतामा ६४ सदस्यीय कार्यसमिति गठन भएको हो।

तपाईको प्रतिक्रिया