तिलाको ग्रामिण भेगको निशुल्क स्वास्थ्य शिविरबाट सात सयले सेवा लिए

पूर्ण चौलागाईं ।
जुम्लाको तिला गाउपालिकाको ग्रामिण भेगमा निशुल्क स्वास्थ्य शिविर भएको छ।तिलाको कुडारी स्वास्थ्य चौकि र घोडेमहादेव स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो। उक्त शिबिरबाट ७ सय ६५ जना लाभान्वित भएका छन् । घोडेमहादेव स्वास्थ्य चौकीमा संचालन भएको २ दिने स्वास्थ्य शिविरमा विभिन्न रोगका २६१ जनाको स्वास्थ्य चेकजाँच गरेका थिए । त्यस्तै कुडारी स्वास्थ्य चौकिमा संचालन भएको स्वास्थ्य शिविरमा ५०४ जनाले सेवा लिएको तिला स्वास्थ्य शाखा सम्पर्क ब्यक्ति उत्तम देवकोटाले बताए ।
सो स्वास्थ्य शिविरमा स्त्रीरोग,हाड तथा नसा रोग र जनरल मेडिसिन सम्बन्धि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य चेकजाँच गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
४ दिनसम्म संचालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट तिलाका दुर्गम गाउँवस्तीका स्थानीयवासिले प्रतिष्ठानका विशेषज्ञ चिकित्सकबाट विभिन्न रोगको चेकजाँच र उपचारबाट तिलाका स्थानीयवासि लाभान्वित भएको तिला गाउँपालिका उपाध्यक्ष गोरिकला बुढाले बताइन् । जनतासंग अध्यक्ष ,उपाध्यक्ष कार्यक्रम अन्तर्गत पालिकाको ग्रामीण भेगमा सो शिबिर संचालन गरिएको उपाध्यक्ष बुढाको भनाइ छ।




तपाईको प्रतिक्रिया