तातोपानी र चन्दननाथ बिच भगिनी सम्बन्ध

पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउपालिका र चन्दननाथ नगरपालिका बिच भगिनीसम्बन्ध स्थापना गर्न  समझदारी पत्रमा हस्ताक्षर भएको भएको छ। दुबै स्थानिय सरकार बिच समन्वय र सहकार्य गर्ने हेतुले भगिनीसम्बन्धमा हस्ताक्षर गरिएको हो।
गरिबी निवारणका लागि लघुउद्यम, जडीबुटी खेती, वन पैदावर, ऊर्जालगायत आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने, दुवै पालिकाको साझा हितका विषयमा संयुक्त पहल गर्ने तातोपानी गाउपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले  बताए । समझदारीपत्रमा तातोपानी गाउँपालिका तर्फबाट अध्यक्ष चौलागाईं  प्रमुख प्रशासकीय ,तिर्थ बहादुर कठायत , स्थानिय तह युवा  बिकास समिती उपाध्यक्ष बिरेन्द्र बहादुर शाही चन्दन नाथ नगरपालिकाका मेयर राजुसिंह कठायत,  प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापा र  प्रबक्ता नबराज देबकोटाले हस्ताक्षर गरेका छन्




तपाईको प्रतिक्रिया