तातोपानी ५ को वडा अधिबेशन सम्पन्न, प्रेम खत्रीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन

पूर्ण चौलागाईं ।
तातोपानी ५ को वडा अधिबेशन सम्पन्न भएको छ।उक्त अधिबेशनले प्रेम खत्रीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ। नेकपा माओबादि केन्द्रको दोर्सो वडा अधिबेशनले खत्रीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको हो। त्यस्तै धन बहादुर नेपाली उपाध्यक्ष , राम बहादुर नेपाली सचिब र पुउली नेपाली कोषाध्यक्षमा चयन भएका छन् ।
माओबादि पार्टीलाई बलियो बनाइ आगामी चुनाबमा सबै वडामा बिजयी बन्न जुम्ला जिल्लाका ६० वटै वडामा वडा स्तरीय अधिबेशन बैशाख मसान्तभित्र सम्पन्न गरिने नेकपा माओबादि केन्द्र जुम्ला जिल्ला सह इन्चार्ज गोमा गौतमले बताइन् ।




तपाईको प्रतिक्रिया