
पूर्ण चौलागाईं ।
जुम्लाको हिमा गाउँपालिका वडा न. ७ लाई बालबिबाह मुक्त वडा घोषणा गरिएको छ।आज एक समारोहका बिच उक्त वडालाइ बालबिबाह मुक्त वडा घोषणा गरिएको हो। हिमाका ७ वडामध्ये वडा न. ६ बाहेक अरु सबै वडाहरु बालबिबाह मुक्त वडा घोषणा भैसकेका र यो आर्थिक बर्ष भित्र वडा न. ६ लाई बालबिबाह मुक्त वडा घोषणा गरिने कार्यक्रमका प्रमुख अतिथि तथा हिमा गाउपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । नेपाल सरकारको अभियानलाई सफल पार्न हिमा सरकार लागिपरेको अध्यक्ष शाहीको भनाइ छ।
सम्पुर्ण सुचक पूरा गरि हिमाका ६ वटा वडालाइ वालबिबाह मुक्त वडा घोषणा गर्न सफल भएको उपाध्यक्ष सुपर्णा शाहीले बताइन् ।
कार्यक्रममा देउडागित मार्फत वालबिबाह मुक्त सम्बन्धी सचेत गराइएको थियो।




हाम्रो कर्णाली । ५ बैशाख २०८२, शुक्रबार २२:३९