
पूर्ण चौलागाईं ।
आज गिडिदह भ्रमण वर्ष–२०८२ को शुभारम्भ गरिएको छ।
जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ मा रहेकोे कर्णालीको नयाँ पर्यटन गन्तव्य गिडिदहको प्रर्बद्धनका लागि तातोपानी गाउँपालिकाले ‘गिडिदह भ्रमण वर्ष–२०८२ को शुभारम्भ गरिएको हो ।
कर्णाली प्रदेश सभा सदस्य देबेन्द्र बहादुर शाहीले गिडिदह मात्र नभई जिल्लाका सबै पर्यटन गन्तव्य प्रर्बद्दनमा जोड दिनु पर्ने बताए ।
पर्यटन विकास,कृषि तथा उर्जा विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले तातोपानी गाउँपालिका पर्यटन संगै पूर्वाधार विकासमा जिल्लाकै अब्बल रहेको बताए ।
गिडिदहमा पर्यटक भित्रयाएर स्थानीयको आयस्तर र रोजगारी सृजनामा मदत गर्ने हेतुले गिडिदह भ्रमण वर्ष– २०८२ को शुभारम्भ गरिएको तातोपानी गाउपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।
बाटो,धर्मशाला,पदमार्ग,खानेपानी धारा लगायतका केही संरचना बनाइएको र थप ठुला पूर्वाधार बन्ने क्रममै रहेकोे वडा अध्यक्ष अमर बहादुर रोकायाले बताए ।अध्यक्ष रोकायाले गिडिदह सम्मेलन भएदेखि यता गरिएका सम्पुर्ण कामहरुको जानकारी गराए।




हाम्रो कर्णाली । ३ बैशाख २०८२, बुधबार १९:४७