
पूर्ण चौलागाईं ।
प्रथम चन्दननाथ कप व्याटमिन्टन प्रतियाेगिता सम्पन्न भएको छ। तीन दिनसम्म चलेको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो। प्रतियोगितामा सिनियर टिममा राेशन श्रेष्ठ र कालू रावलकाे टिम प्रथम र खड्क बहादुर मल्ल र रत्नबहादुर बुढा काे टिम द्वितीय भएकाे छ भने जुनियर तर्फ सेवान्नद गिरि र विश्वराज खत्रीकाे टिम प्रथम र दिल बहादुर राेकाया र धर्मराज गिरिकाे टिम द्वितीय भएकाे भएको प्रतियोगिता समिती संयोजक देवेश्वर गिरिले बताए । व्याटमिन्टन खेलको बिकास गर्नको लागी जुम्लामा पहिलो पटक सो खेलको आयोजना गरिएको संयोजक गिरिको भनाइ छ।
जुम्लामा पहिलो पटक खेलको आयोजना गरि खेलाडी पहिचान गर्नुको साथै सो खेलले खेलाडी उत्पादनमा सघाउ पुर्याउने चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए ।
प्रथम र द्वितीय हुने दुवै ईभेन्टका खेलाडिहरूलाई ट्रफि, मेडल र प्रमाण पत्रका साथै सिनियर टिम प्रथमलाई नगद रू २५ हजार ५ सय , द्वीतियलाई नगद रू १५ हजार ५ सय – र जुनियर टिम प्रथमलाई नगद रू २५ हजार र द्वीतियलाई नगद रू १५ हजार पुरस्कार प्रदान गरिएको प्रतियोगिता सन्चालन समिती सदस्यभरत बहादुर खत्रीले जानजारी दिए।
जुम्ला जिल्ला व्याटमिन्टन संघ जुम्लाकाे आयाेजना तथा देउती स्टेशनरि एण्ड अर्डर सप्लायर्स जुम्लाकाे मूख्य प्रायाेजन र जिल्ला खेलकुद विकास समिति जुम्लाकाे सहजिकरणमा भएको खेलमा सिनियर र जुनियर गरि जम्मा २२ टिमले भाग लिएका थिए ।




हाम्रो कर्णाली । १ बैशाख २०८२, सोमबार १९:१७