
पूर्ण चौलागाईं ।
जुम्ला सदरमुकाममा सन्चालन गरिएका मासु पसलमा आज अनुगमन गरिएको छ। अनुगमनको क्रममा केही मासु पसलहरु दर्ता बिना नै सन्चालन गरिएको पाईएको छ। जाजरकोटी मासु पसल र कमला मासु पसल दर्ता बिना नै सन्चालन गरिएको पाईएको हो। साथै औषधि पसल, एग्रोभेट र डेरी उधोगमा अनुगमन गरिएको उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगिले बताए।
अनुगमन गर्दा कानुनी मापदण्ड पूरा नगरी सन्चालन गरिएको पाइयकोले पहिलो पटक चेतावनी दिएको र फेरि पनि अटेर गरि सन्चालन गरेको पाईएमा कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासन अधिकृत मीन बहादुर रावलले बताए ।
उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाकाको संयोजकत्व र जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा बजार अनुगमन हुने गरेको छ।




हाम्रो कर्णाली । २९ चैत्र २०८१, शुक्रबार २१:४२