सहिद परिवार समाजको जुम्लाको अध्यक्षमा कृष्णमाया रावत

पूर्ण चौलागाईं ।
सहिद परिवार समाज नेपाल जुम्लाको अध्यक्षमा कृष्णमाया रावत चयन भएकि छन् । उक्त समाजको तेस्रो सम्मेलनले रावतलाई चयन गरेको हो।१३ सदस्यीय कार्यसमितिको गठन भएको छ।
सो समितिमा उपाध्यक्ष लक्षिराम बुढा ,सचीव वेद प्रसाद पाण्डे , सहसचिव धनसुर सुनार र कोषाध्यक्षमा तारा नेपाली रहेका छन् ।
सहिद परिवारहरुको हकहितको लागी आबाज उठाउने र सहिद परिवारको सहयात्री बन्ने हेतुले उक्त समिती गठन गरिएको नेकपा माओवादी केन्द्र जुम्ला जिल्ला सचिब नवीन शर्माले बताए । पहिलो चरणमा सो समितिले सहिद परिवारको लगत संकलन गर्ने छ।




तपाईको प्रतिक्रिया