
नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा जुम्लाका पत्रकार विजय रावत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले जारी गरेको उम्मेदवारको पहिलो सूचीमा एकएक जनाको मात्र उम्मेदवारी परेका पदमा निर्विरोध भएको हो ।पत्रकार रावत जुम्लामा बसेर ६ बर्षदेखि सक्रिय पत्रकारिता गर्दे आएका छन । रावत अहिले राष्ट्रिय समाचार समिति,हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत छन् । रावत कर्णाली सवाल डिजिटल अनलाइनका प्रधान सम्पादक तथा अध्यक्ष समेत हुन । रावत प्रेस सेन्टर नेपाल जिल्ला समिति जुम्लाका निवर्तमान अध्यक्ष समेत हुन । काठमाडौंमा जारि प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन सर्वसम्मत रुपमा नेतृत्व चयन नभएपछि निर्वाचनबाट नेतृत्व चयन भइरहेको निर्वाचन समितिले जनाएको छ।




हाम्रो कर्णाली । १७ चैत्र २०८१, आईतवार १९:००