पूर्ण चौलागाईँ।
जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् ।चारवटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा आचार्य सभापतिमा निर्वाचित भएको सिंजा क्याम्पसका स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत तिर्थ बहादुर नेपालले बताए ।
त्यस्तै उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसंघका राजिन्दा शाही निर्वाचित भएका छन् । कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्य नेविसंघका राजन बम र अखिल समाजवादीबाट मोहन भण्डारी र सोविन्द बम सदस्यमा निर्विरोध निर्वाचित भएको स्ववियु निर्वाचन समितिका अधिकृत नेपालको भनाई छ ।सो क्याम्पसमा हाल १८० जना विद्यार्थी रहेका छन् ।






