नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाको अध्यक्षमा भीमबहादुर थापा चयन

पूर्ण चौलागाईँ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाको अध्यक्षमा भीमबहादुर थापा चयन भएका छन्। शनिबार सम्पन्न भएको १३ औं जिल्ला अधिबेशनबाट थापा अध्यक्ष पदमा चयन भएका हुन्। यस संगठनमा आबद्ध सम्पूर्ण सदस्यहरूको हक , हित, अधिकार र पेसागत विकासको लागी कुनै कसुर बाकी नराखी लागिपर्ने अध्यक्ष थापाले बताए। आगामी तीन बर्ष कार्यकालको लागि सो संगठनको नेतृत्व थापाले गर्ने भएका छन्।
त्यस्तै उपाध्यक्षमा देवेन्द्र शाही,महिला उपाध्यक्ष बिष्णुमाया महत,सचिब कर्ण बहादुर शाही, सहसचिव तारा रोकाया र कोषाध्यक्षमा टेक बहादुर खत्री चयन भएका छन्।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...