
पूर्ण चौलागाईँ जुम्ला।
राष्ट्र गुरु नरहरी नाथको १११ औं जन्मजयन्ती जुम्लामा मनाइएको छ। गुरु नाथको जन्मजयन्ती जुम्लामा पहिलो पटक मनाइएको हो। विश्व हिन्दु महासंघ जिल्ला कार्यसमिति जुम्लाले जन्मजयन्ती मनाएको हो। गुरु नाथले धार्मिक क्षेत्रमा गरेको योगदानको कदर गर्न जन्मजयन्ती मनाउन सुरु गरिएको विश्व हिन्दु महासंघ जिल्ला कार्यसमिति जुम्लाका अध्यक्ष रत्नचन्द्र उपाध्याले बताए। राष्ट्र गुरु नरहरी नाथको फोटोमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको थियो।आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष उपाध्यायको भनाई छ।
त्यसै गरी राष्ट्र गुरु याेगी नरहरी नाथकाे जन्माेत्सव कर्नाली प्रदेशकाे राजधानी बिरेन्द्रनगर मा याेगी नरहरी नाथ अध्ययन प्रतिष्ठानकाे आयाेजनामा बृहत् सांस्कृतिक कार्यक्रमका साथ भब्यरूपमा मनाईएको छ । 




हाम्रो कर्णाली । १७ फाल्गुन २०८१, शनिबार १७:५२