
पूर्ण चौलागाईँ जुम्ला।
तिला गाउँपालिका वडा नं ४ मा रहेको ब्रहृमाकपाली भुवनेश्वरी धाममा महाशिव रात्री पर्व आज भव्यरुपमा मनाईएको छ। विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी उक्त पर्व मनाइएको हो। धार्मिक परम्परा अनुसार यो वर्ष सो पर्व धार्मिक कार्यक्रमको आयोजना गरी मनाइएको ब्रहृमाकपाली भुवनेश्वरी धामका अध्यक्ष लोकेश बहादुर शाहीले बताए। कार्यक्रममा तिला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु र सयौ भक्तजनहरूको सहभागिता रहेको थियो।
महाशिव रात्री पर्वमा भगवान् शिवको आराधना गरिन्छ। हिन्दू धर्मालम्बीहरूले यस पर्वलाई विशेष महत्व दिने गरेको पाइन्छ। देशैभरी आज महाशिव रात्री पर्व विभिन्न कार्यक्रम गरी मनाइएको छ।

हाम्रो कर्णाली । १४ फाल्गुन २०८१, बुधबार २१:४९