
पूर्ण चौलागाईँ जुम्ला।
नाग्म-गमगडी सडक संचालनमा आएको छ।लगातारकाे वर्षा र हिमपातपछि नाग्म-गमगडी सडक अबरुद्द भएकाे थियाे । मुगुलाई कर्णाली राजमार्गमा जाेड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अबरुद्द भएकाे थियाे । सो सडक आजदेखि संचालनमा आएको छ।
प्रहरी चौकी गोठिज्युला बाट खटिगएको प्रहरी टोलि र स्थानियहरुको सहयोगमा जिअ देखि भुलभुले सम्मको करीब ४ किलोमिटर सडकमा आएको पहिरो हटाएपछि सो अवरुद्ध भएको सडक संचालनमा आएको डिएसपी छेदीलाल कामतीले बताए।
सडक संचालनमा आयपछि मुगुबासी र रारा ताल घुम्न गएका पर्यटकलाई सहज भएकाे छ।




हाम्रो कर्णाली । १८ फाल्गुन २०८१, आईतवार १३:०५