पातारासीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नवीन शाहीलाई

पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाको पातारासी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नवीन शाहीले पाएका छन्। गाउँपालिकाे बैठकले शाहीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय अनुसार शाहीले जिम्मेवारी पाएका हुन्।
लामाे समयदेखि पातारासीले प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको थिएन।
लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत नहुदा पातारासीमा कार्यालयको दैनिक प्रशासकीय काम देखि बिकासका योजनाहरु रोकिएका थिए।
प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका शाहीले पालिकाकाे अभिभावकका रूपमा काम गर्ने बताएका छन् । उनका अनुसार प्रशासनको अभिभावकत्व गर्छु। कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु’ प्रमुख प्रशासकीय अधिकृत शाहीले भने ।




तपाईको प्रतिक्रिया