हिमाका ४ वडा बालविवाह मुक्त वडा घोषणा

पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाको हिमा गाउँपालिकाका ४ वडा बालविवाह मुक्त घोषणा भएका छन् । बुधबार हिमाको ५ नं वडा बालविवाह मुक्त घोषणा भएपछि ४ वडा बालविवाह मुक्त घोषणा भएका हुन्। आज विभिन्न कार्यक्रमको आयोजना गरी हिमा ५ लाई बाल बिवाहा मुक्त वडा घोषणा गरिएको हो ।
“बिहेवारी २० वर्ष पारि, हामी सबैकाे ऐक्यबद्धता, बाल बिवाहा मुक्त हिमा गाउँपालिकाकाे प्रतिबद्धता” भन्ने मूल नाराका साथ हिमा गाउँपालिका–५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।  स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई बुधबार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । हिमा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीको प्रमख आतिथ्यमा वडालाई हिमाकाे चाैथाे बाल बिवाह मुक्त वडा घाेषणा गरिएको छ ।
बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको गाउँपालिकाले दाबी गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बालविवाह मुक्त अभियानमा स्थानीय सरकारसँगै सरोकारवाला निकाय र स्थानीय गैरसरकारी संस्थाले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय बताए । उनका अनुसार आगामी दिनमा यस वडामा बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र ताकेको दण्ड पनि गर्ने बताए ।  यस अभियानमा साथ दिने सङ्घ संस्थाहरूलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने अध्यक्ष शाहीकाे भनाइ छ ।


कार्यक्रममा बाेल्दै हिमा गाउँपालिका -५ का वडाध्यक्ष कालाे शाहीले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउने बताए । सानो उमेरमा गरिने विवाहले प्रजनन स्वास्थ्यमा असर परेको भन्दै यस्ता कार्यक्रम वडा पालिकाले प्राथमिकता दिइएको उनकाे भनाइ छ ।
हिमा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख राज्य रावलका अनुसार बालविवाहलाई कानुनले अपराध मानेको छ । तर हाम्रो समाजमा बाल बिवाहाका घटना भइरहेका छन् । यसलाई न्यूनीकरण गर्न वडा लाई बाल बिवाहा मुक्त वडा घाेषणा गरिएको बताइन् । उनका अनुसार हाम्रो याे प्रयासले गर्दा पक्कै पनि वडाका बाल बिवाह न्यूनीकरण हुने बताए ।




तपाईको प्रतिक्रिया