
पूर्ण चौलागाईँ जुम्ला।
जुम्ला गुठीचौर गाउँपालिका–५ निवासी ५१ वर्षीय सत्यबहादुर भण्डारी क्यान्सरसँग लडिरहेका छन्। सहयोगको लागि भण्डारी परिवारले सहयोगी मनप्रती सहयोग गर्न अपिल गरेका छन्। रक्त क्यान्सरबाट पीडित भण्डारी तिन महिनादेखि सिभिल अस्पताल मीनभवनमा उपचारमा हुनुहुन्छ । छोरा दीपेन्द्र भण्डारीका अनुसार बुबाको उपचारमा धेरै रकम खर्च भइसकेकाले थप उपचारका लागि आर्थिक समस्या भएको छ। ‘बुबाको उपचारका लागि अझै धैरै खर्च लाग्ने भएको छ। सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे मेरो बुबाले पुनर्जीवन पाउनुहुन्थ्यो, त्यसैले सहयोगको अपील गरेका हौँ,’ छोरा दीपेन्द्रले भने। सहयोग गर्न चाहनेहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडमा रहेको सत्यबहादुर भण्डारीको खाता नं ०२२०५१२०२८०८१५मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ। भण्डारीलाई सहयोग गर्न चाहनेले छोरा दीपेन्द्रको फोन नं ९८४८३५६६५९ मा सम्पर्क गर्न सकिने बताइएको छ।

हाम्रो कर्णाली । ६ फाल्गुन २०८१, मंगलवार १८:५२