
पूर्ण चौलागाईँ।
तातोपानी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मूल्यांकनमा जुम्लाकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको कार्यक्षमता,पारदर्शिता,बजेट व्यवस्थापन, योजना कार्यान्वयन, लेखा प्रणाली तथा निगरानी प्रक्रियाको आधारमा गरिएको मूल्यांकनमा तातोपानी सबैभन्दा उत्कृष्ट भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ काे नतिजामा जुम्लाका आठ पालिकामध्ये तातोपानी गाउँपालिका उत्कृष्ट हुन सफल भएको हो।
तातोपानी गाउँपालिकाले समग्रमा ९८.८१ प्रतिशत अंक प्राप्त गरेको छ ।
तातोपानी गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा पनि पहिलो स्थान हासिल गरेको हो ।योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७१.७४ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७१.१३ प्रतिशत, लेखा प्रणाली तथा वित्तीय व्यवस्थापनमा ७२.२६ प्रतिशत, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ५२.७५ प्रतिशत, र राजस्व व्यवस्थापनमा ६०.३५ प्रतिशत अंक प्राप्त गरेको छ ।
समग्रमा, तातोपानी गाउँपालिकाको मूल्यांकन ९० प्रतिशत रहेको छ, भने स्थानीय आर्थिक विकास मूल्यांकन (BED) मा ९२ प्रतिशत अंक प्राप्त गरेको छ ।
गाउँपालिकाले राम्रो शासन प्रणाली, पारदर्शिता, तथा वित्तीय व्यवस्थापनमा उत्कृष्ट भएको अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए।




हाम्रो कर्णाली । ३० माघ २०८१, बुधबार २०:५८