
पूर्ण चौलागाईँ।
जगदुल्ला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मूल्यांकनमा डोल्पा जिल्लाकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको कार्यक्षमता,पारदर्शिता,बजेट व्यवस्थापन, योजना कार्यान्वयन, लेखा प्रणाली तथा निगरानी प्रक्रियाको आधारमा गरिएको मूल्यांकनमा जगदुल्ला उत्कृष्ट भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ काे नतिजामा डोल्पाका आठ पालिकामध्ये जगदुल्ला उत्कृष्ट हुन सफल भएको हो।
गाउँपालिकाले राम्रो शासन प्रणाली, पारदर्शिता, तथा वित्तीय व्यवस्थापनमा उत्कृष्ट स्थान हासिल गरेको र आगामी दिनमा शत प्रतिशत उपलब्धि हासिल गर्ने गरी काम गर्ने अध्यक्ष नारासिंह राेकायाले बताए।
जगदुल्ला गाउँपालिकाले समग्रमा ९६ प्रतिशत अंक प्राप्त गरी डोल्पा जिल्लाकै पहिलो भएको प्रमुख प्रशासकीय अधिकृत जैसी ले बताए। यो वर्ष उत्कृष्ट हुनु भनेको पालिकालाई थप ऊर्जा मिल्नु हो, आउने बर्षमा पालीकालाई अझै शसक्त बनाउन पालिका परिवार शसक्त भएर अगाडी बढ्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत जैसीको भनाई छ।




हाम्रो कर्णाली । २ फाल्गुन २०८१, शुक्रबार ०९:०४