




जुम्लाका ५ वटा पालिकामा पाठेघरकाे मुखकाे क्यान्सर राेकथाम सम्बन्धि एच.पि.भ. भाईरस विरूद्दकाे खाेप दिन शुरू भएको छ । जुम्लाका ८ वटा पालिका मध्ये आईतवार ५ वटा पालिकामा शुरू भएको हाे । जसमध्ये पातरासी, चन्दननाथ, तातोपानी,तिला र गुठिचाैर गाउँ पालिकामा शुरू भएको हाे ।
७ हजार २ सय १६ जना किशोरीलाई खाेप दिने लक्ष्य राखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सिअहेव अधिकृत अमरसिंह रावलले बताए । उनका अनुसार आज पातरासी गाउपालिकाकाे ७ वटा खाेप केन्द्रबाट खाेप दिईएकाे छ ।
जसमा गडिगाउँ,तल्फी, लाेर्पा, लुम, रिनि, बाँता, छुमचाैर गरेर जम्मा ३सय ३१ जनालाई खाेप लगाईकाे छ । सबैभन्दा बढी छुमचाैर खाेप केन्द्रमा ७० जनाले खाे लगाएका छन् भने सबैभन्दा कम सरस्वती मावि रिनीमा ४६ जनालाइ खाेप लगाईकाे छ । यहाँका विद्यार्थी सबै टयुसन पढ्न गएकाे हुनाले कम भएको अहेव भिम बहादुर राेकायले जानकारी दिए ।
पातारासी गाउँपालिकाकाे खाेप केन्द्रकाे अनुगमनकाे क्रममा बजेट अभावका बिच उधाराे काम गर्न परिरहेकाे सिअहेव लक्ष्मी प्रसाद तिमिल्सिनाले बताए । खाेप लगाउनकाे लागि १० देखि १४ वर्ष उमेर समुहका किशाेरीहरू उत्साहित देखिन्थे । पातसारीमा ९ सय ८९ जना मध्ये पहिलाे दिन ३ सय ३१ जनालाई लगाएकाे छ ।
खाेप केन्द्रकाे अनुगमनकाे लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मुन्ना केशरी, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका तथ्यांक सहायक पदम बहादुर खत्री , सिअहेव अधिकृत अमरसिंह रावल र पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।






