




पदम शाही
माघ १५ जुम्ला।
जुम्लामा माघ २७ गतेदेखि एचपीभी खोप अभियान सुरु हुने भएको छ। यस अभियान अन्तर्गत जुम्लाका आठै स्थानीय तहमा खोप लगाउने भएको हो।
जिल्ला खोप समन्वय समिति र पत्रकारहरुबीच एचपीभी (ह्युमन पेपिलोमा भाइरस) खोप बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाको अनुसार,
पहिलो चरणमा चन्दननाथ नगरपालिका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा माघ २७ देखि २९ गतेसम्म खोप लगाइने र दाेर्सो चरणमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप लगाइने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए। यो अभियान फागुन २ गते सकिने भएको छ।
एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएको छ।
यो अभियान सफल बनाउन जिल्ला खोप समन्वय समिति, स्थानीय सरकार र स्वास्थ्य कर्मचारीहरुले समन्वय गरी कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति जुम्लाका कार्यबाहक प्रमुख नरबिर सुनारे बताए।






