प्रेस सेन्टरकाे स्थापना दिवसको अवसरमा फलफूल वितरण

अर्जुन महतारा।
माघ १५ जुम्ला
प्रेस सेन्टर नेपालकाे २१ औँ स्थापना दिवस फलफूल वितरण गरी मनाइएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाकाे प्रसुती विभागमा रहेका सुत्केरीलाई फलफूल वितरण गरी सो दिवस मनाइएको हो ।
धर्म गरौँ पुण्य कमाऊ भन्ने भावनाका साथ नेकपा माओवादी केन्द्र निकट पेशागत सङ्गठनका रूपमा रहेको प्रेस सेन्टर नेपाल जुम्लाले
समाज सेवालाई निरन्तरता दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुती विभागमा रहेका ९ जना बिरामीलाई फलफूल वितरण गरिएको प्रेस सेन्टर नेपाल जुम्लाका अध्यक्ष मान बहादुर कुवँरले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकि प्रसुती विभाग इन्चार्ज गुन्जन रावलले प्रेस सेन्टर नेपालले गरेकाे फलफूल वितरणले स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउने काम गरेको प्रति खुसी लागेकाे बताइन् । उनले भनिन् तपाईंहरूले गरेको कार्यले समाजमा सामाजिक भावना पैदा हुने एक अर्का प्रतिको धार्मिक, आर्थिक, सामाजिक संस्कृतिको विकास हुने विश्वास लिएको उनकाे भनाइ छ।




तपाईको प्रतिक्रिया