धाैलापानीमा विद्युतबाट चल्ने लिफ्ट सिँचाई आयाेजना उद्घाटन,५ हेक्टर जमिन सिंचित हुने

पूर्ण चौलागाईँ

माघ १३ जुम्ला
ताताेपानी गाउँपालिका वडा नं ६ मा निर्माण सम्पन्न धाैलापानी लिफ्ट सिँचाई आयाेजना उद्घाटन गरिएकाे छ । बाँझाे जग्गामा सिँचाई सुविधा पुराउने र उत्पादन बढाउने उदेश्यले निर्माण गरिएकाे बत्तीबाट संचालन हुने धाैलापानी लिफ्ट सिँचाई आयाेजना उद्घाटन गरिएकाे हाे ।
आईतबार ताताेपानी गाउँपालिकाका कार्यबाहक अध्यक्ष विशाल खड्काले आयाेजनाकाे उद्घाटन गरे । सिँचाइकाे दिगाे व्यवस्थापन तथा सिँचाइ अभावले बाँझिदै गएकाे जग्गामा खेती गरि उत्पादन बढाउने लक्ष्यले विद्युतबाट संचालन हुने लिफ्ट सिँचाई निर्माण गरिएकाे छ ।
विद्युतबाट संचालन हुने उक्त लिफ्ट सिँचाई आयाेजना दिगाे हुने र सिँचाई सुविधा विस्तारमा टेवा पुग्ने विश्वास गरिएकाे छ । यदपी जिल्लामा कराेडाै खर्चिएर निर्माण गरिएका दर्जनाै साेलार लिफ्ट आयाेजना भने असफल बनेका छन् । तर धाैलापानी लिफ्ट सिँचाई आयाेजना बत्तीबाट संचालन हुने भएकाेले दिगाे संचालन हुने अपेक्षा गरिएकाे ताताेपानी गाउँपालिकाका कार्यबाहक अध्यक्ष विशाल खड्काले बताए । सिँचाई सुविधाकाे अभावले हाम्राे धेरै खेतीयाेग्य जमिन बाँझाे छ । उनले भने,’सुक्खा क्षेत्रका सिँचाई सुविधा पुराउन लिफ्ट सिँचाई आयाेजनाले टेवा पुराउने छ । भने पाखाे वारिमा पनि खेतीपाति हुने छ । आयाेजनाकाे दिगाे व्यवस्थापन,संक्षरण,संचालनमन सबैले ध्यान दिन जरुरी छ ।’


जुम्लामै पहिलाे बत्तिबाट संचालन हुने धाैलापानी लिफ्ट सिँचाई आयाेजना ५७ लाख ६१ हजार २३२ रूपैया लगानीमा निर्माण गरिएकाे हाे । जसमा ताताेपानी गाउँपालिकाकाे तीन लाख ५२ हजार ४७१ रुपैया लगानी छ । भने वैकल्पी उर्जा प्रर्वद्दन केन्द्रकाे ५४ लाख ८ हजार ७४१ रुपैया लगानी भएकाे छ ।
त्यस्तै ईलेक्टाेनिक सामाग्री तर्फ विद्युत लाईन जडान,माेटर,पम्प लगायतका सामाग्री खरिदमा २२ लाख ४७ हजार ६२६ रुपैया र सिभिल संरचना निर्माणमा ३५ लाख १३ हजार ६०५ रुपैयाँ खर्च भएकाे वैकल्पीक उर्जा प्रर्वद्दन केन्द्रका सिभिल ओभरसियर लाेक बहादुर डाँगीले बताए । उनका अनुसार उक्त लिफ्ट सिँचाई आयाेजनाबाट ताताेपानी-६ काे ५ हेक्टर जमिनमा सिँचाई सुविधा पुग्ने छ । भने आयाेजनाबाट ३५ घरधुरीका १४५ जनसख्या प्रत्यक्ष लाभान्वित हुने छन् ।
आयाेजना निर्माण २०८० साल चैत्र २२ गतेबाट सुरु भई २०८१ साल अषाढ २५ गते सम्पन्न हुनु पर्ने भएपनि केही प्राविधिक कारणले ढिलाई भएकाे हाे ।
आयाेजना निर्माण समितिका अध्यक्ष लक्ष्मी चन्द्र बिष्टले लिफ्ट आयाेजना मर्मत संभार हुन नसकेर प्रयाेग नआउने समस्या रहेकाेले निरन्तर संचालन गर्न सबैले सहयाेग गर्नु पर्ने बताए ।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...