नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पदम उपाध्याय निर्वाचित

पूर्ण चौलागाईँ
माघ १५ जुम्ला।
नेपाल निजामती कर्मचारी संगठनको जुम्ला जिल्ला अध्यक्षमा पदम प्रसाद उपाध्याय निर्वाचित भएका छन्। आज भएको सो संगठनको १२ औं जिल्ला अधिवेशनबाट उपाध्याय निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा जयशंकर चौलागाई, सचिव नन्दमाया रोकाया, सहसचिवमा दत्त बुड्थापा सहित १९ सदस्सीय कार्यसमिति निर्वाचित भएको छ। अघिल्लो कार्यकालमा उपाध्यायले उपाध्यक्षको जिम्मेवारी सफलताको बहन गरेका थिए।
नव निर्वाचित उपाध्यायले संगठनको गरिमा उचो राख्नको लागि कुनै कसर बाकी नराखी संगठनको हितको लागि काम गर्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया