विभिन्न कार्यक्रमको आयोजना गरी शसस्त्र प्रहरी दिवस मनाइयो

पदम शाही
माघ ९ जुम्ला ।
जुम्लामा २४ औँ शसस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. ३३ गण हेड क्वाटर त्रिपुरा जुम्लाले उक्त दिवसका अबसरमा साताब्यापी लागु औषध,सिमा सुरक्षा र युवा विषयमा निबन्ध प्रतियोगिता, सार्वजनिक स्थल सरसफाई लगायतका साताब्यापी सचेतनामुलक कार्यक्रम गरिएको थियो। निबन्ध प्रथम भएकी तातोपानी ६ की तेन्जिता कामीलाई पुरस्कार दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले २०५७ सालमा अध्यादेश मार्फत नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति ल्याई गठन भएको शसस्त्र प्रहरी बलले देशको शान्ति सुरक्षा,सिमा सुरक्षा लगायतका क्षेत्रमा उल्लेखीय काम गरेको बताए ।
स्थापनाको २४ वर्ष पुरा भएको अबसरमा बुधबार देशभर विभिन्न कार्यक्रम गरी शसस्त्र प्रहरी दिवस मनाइएको छ । जुम्लामा अमर शसस्त्र प्रहरी परिवारजनलाई सम्मान,उत्कृष्ट कार्य गर्नेलाई शसस्त्र प्रहरीलाई प्रशंसापत्र वितरण,पुरस्कार वितरण,दिवसका अबसरमा साता व्यापी भएका विभिन्न कार्यक्रममा उत्कृष्ट स्थान हासिल गर्नेलाई पुरस्कार वितरण लगायतका विभिन्न कार्यक्रम दिवस मनाइएको शसस्त्र प्रहरी बल जुम्लाका प्रमुख (एसपी) लाल बहादुर शाहीले बताए ।
तातोपानी गाउँपालिकाका कार्यबाहक अध्यक्ष विशाल खड्काले २०५७ सालमा गठन भएको शसस्त्र प्रहरीले शान्ति सुरक्षा,विपद व्यवस्थापन,सामाजिक सशक्तिकरण लगायतका क्षेत्रमा गरेको प्रशंसा गरे । शसस्त्र प्रहरीले हाल सम्म आफ्नो औचित्य पृष्टि हुने गरि काम गरेको उल्लेख गरे । शान्ति सुरक्षा विभिन्न चुनौतीलाई मध्यनजर गर्दै एैरेनी क्षेत्र र पर्यटकीय क्षेत्रमा पोष्ट स्थापना गर्न अनुरोध गरे ।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले शसस्त्र प्रहरीले पछिल्लो समयमा शान्ति सुरक्षा मात्र नभई यूवा सशक्तिकरण,लागु औषध दुव्र्यसनी नियन्त्रण,सरसफाई लगायतका गरेमा गरेको काम अनुसरण योग्य भएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...