विपद् जोखिम न्यूनीकरण पूर्व तयारीका लागि कृतिम घटना अभ्यास कार्यक्रम

पूर्ण चौलागाईँ
पौष ८ जुम्ला।
आगलागी जन्य विपद् जोखिम न्यूनीकरण पूर्व तयारी तथा प्रतिकार्यका लागि जुम्लामा कृतिम घटना अभ्यास कार्यक्रम प्रदर्शन गरिएको छ। जुम्लामा आगलागीका घटनाहरू तुलनात्मक रुपमा बढी हुने भएको हुँदा उक्त कार्यक्रम प्रदर्शन गरिएको जुम्ला जिल्ला विपद् व्यवसथापन समितिका संयोजक राम बहादुर शाहीले बताए।
ग्यास आगलागि नियन्त्रण, घर तथा निजि आवासमा हुने आगलागि नियन्त्रण, वनजंगल तथा घाँसे मैदानमा हुने आगलागि नियन्त्रण र शरीरमा आगोलागेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा सचित गर्ने उद्देश्यले सो कार्यक्रम प्रदर्शन गरिएको थियो।
आगलागिका विभिन्न घटना न्युनिकरणमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीले भूमिका निर्वाह गरेका थिए ।
जुम्लामा गत आर्थिक वर्ष १६ वटा र यो आर्थिक वर्षमा ४ वटा गरी १२ वटा आगलागिका घटना भएका छन् ।
चन्दननाथ नगरपालिका जुम्लाका कार्यबाहक मेयर नवराज देवकोटाले आगलागिका घटनाका विषयमा नगरपालिका संवेदनसिल रहेको बताए । विपद् नीयन्त्रण गर्न नगरपालिकाले प्रयाप्त रकम विनियोजन गरेको कार्यबाहक मेयर देवकोटाको भनाइ छ ।
जिल्ला स्थित सुरक्षा निकाय, चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा जुम्लाको सक्रियतामा कृतिम घटना अभ्यास गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...