राष्ट्रिय जैविक विविधता दिवस जुम्लामा पनि मनाइयो

पूर्ण चौलागाईँ
पौष ७ जुम्ला।
तेर्सो राष्ट्रिय जैविक विविधता दिवस जुम्लामा पनि मनाइएको छ। ” स्वाथ्य जीवन र पर्यावरणका लागी कृषि जैविक विविधता” भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो।
कृषि विकास कार्यालय जुम्लाकाे आयाेजना, लिवर्डकाे सहजीकरणमा उक्त दिवस मनाइएकाे थियो।तातोपानी काे ऐरेनी हाँकु सामुदायिक बीउ बैंकमा कार्यक्रमको आयोजना गरी दिवस मनाइएको आयोजकले बताएको छ।
कार्यक्रमका प्रमुख अतिथि तातोपानी गाउँपालिकाका कार्यवाहक अध्यक्ष नर बहादुर रावतले रैथाने बालीहरू हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै खेती विस्तारमा स्थानिय तहले अहम भूमिका खेल्ने बताए ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले रैथाने बालीको संरक्षण गरी खेती विस्तार गरेमा आयआर्जनमा टेवा पुग्नेमा जोड दिए। साथै आगामी दिनमा कार्यालयले कृषकमैत्री योजनमा जोड दिने कार्यालय प्रमुख अधिकारीको भनाइ छ।
डब्लुएफपि र पालिकाकाे प्रयासमा किसानकाे उत्पादनलाई बजारीकरणकाे सुनिश्चितता गर्न र बालपाेषणलाई न्यायाेचित बनाउन तातोपानीका सबै सामुदायिक विद्यालयमा अर्गानिक दिवा खाजा दिन थालिएको छ। याे अन्य पालिकामा समेत अनुसरण गर्नुपर्नेमा जाेड दिइएकाे छ।सञ्चार क्षेत्र बाट जैविक विविधताका सवालमा याेगदान दिन जुम्लाकाे सञ्चारकर्मी तयार रहने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैंलागाईले बताएका छन्।धाैलिगाड कृषि सहकारी का व्यवस्थापक गाेकर्ण जैसीका अनुसार हाँकु सामुदायिक बीउ बैंकमा १८ प्रकारका जात र ५६ प्रकारका बालीकाे बीउ रहेकाे छ। यसले लाेपउन्मुख अवश्थामा पुगेका बाली संरक्षणमा टेवा पुर्याएकाे उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...