
रामप्रकाश विक ः जुम्लाको नौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक प्रतिवेदन र गत बर्षको आर्थिक कारोवार पेश गरिएको थियो । नौलो बिहानी कृषि सहकारीका सचीव मकरबहादुर शाहीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मानसिक रूपमा आयातित जीवन शैली, राजनीतिक अस्थिरता, भौतिक अभाव कारण यो क्षेत्रमा परिचालन गर्न खोजिएका दीर्घकालीन र महत्वपूर्ण परियोजना प्रभावित हुने गरेको बिगतले सिकएको सचिव शाहीले बताए । कार्यक्रममा संस्थाले राम्रा शेयरधनी, सदस्य, सस्थामा कार्यरत कर्मचारी शेयरधनी महिलालाई सम्मान पनि गरेको छ । साधारण सभामा पाँच सय भन्दा बढी सदस्य उपस्थित थिए । २०६७ सालमा यस सस्थाको स्थापना भएको हो ।
सहकारीले अहिलेसम्म १२ करोड भन्दा बढीको कारोवार गरिसकेको छ । संस्थाको आम्दानी कोषमा मात्रै ७३ लाख ५१ हजार ९ सय ५९ रुपैयाँ रहेको छ । सहकारीले विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्दै आइरहेको छ । सो सहकारीमा जुम्ला जिल्लाका सदस्य रहेका छन् । सो संस्थाले क्रृण पनि सदस्य दिने गरेको छ । संस्थाबाट ऋृण लिने सदस्यले विभिन्न ब्यवसायमा लगानी गर्ने गरेको संस्थाका अध्यक्ष मनोज बुढाथोकी मगरले बताए । नमुना सहकारी बनाउन आफ्नै पौरख र पसिना बगाई सफल भएको सहकारीका अध्यक्ष बुढाथोकीले दाबी छ ।
छरिएर रहेको पुजिलाई एकीकृत गरि सामुहिक हित र बिकासका लागि परिचालन गर्न सके समाजमा आर्थिक भौतिक र समाजिक क्षेत्रमा परिवर्तन हुनेमा जोड रहेको उनले बताए । सस्थाको बिकास हुनुमा सदस्य सबैको उतिकै भुमिका रहेको उनको भनाइ छ । जबसम्म यो समाजले शिक्षा, उद्द्मशिलता र कृषिको महत्व बुझ्दिन तबसम्म परिवर्तन हुन नसकिने उनले बताए ।
जुम्ला कृषि सहकारी बिकास बैंकको स्थापना गर्न आवश्यकता रहेको बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष धनजित बुढाले बताए । उनले भने यसको लागि पहल भइ रहेको हुँदा सबैले एकजुट हुन आग्रह छ । अध्यक्ष बुढाले अहिलेका सहकारी सेवाको नभई अनुदानका लागि मात्रै खुलिएको बताए । जिल्ला सहकारी संघले भने जस्तो काम गर्न नसकेको उनले आरोप लगाए । आफ्नो सहकारी कता जादै छ । फाइदा घाटामा के छ बुझ्न् शेयर सदस्यले नियाल्दा राम्रो हुनेमा जोड दिए । एसिया इन्टरनेसनल बोर्डिङ स्कूल खोलेर शिक्षामा परिवर्तन ल्याएको सोही बोडिङ्का प्रधानाध्यापक चन्द महतले दाबी गरे ।
नौलो बिहानी सहकारी सस्थाले बोर्डिङ स्कूल खोलेर शिक्षालाई एक आयमको सुरु गरेको कनकासुन्दरी गाउँपालिका –१ अध्यक्ष भिम बहादुर भण्डारी खुशी व्यक्त गरे । सहकारीका कर्मचारी शेयर धनी, सदस्य बचत कर्ता सबैले मलजल गरे अझै राम्रो हुनेमा जोड दिए ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले सहकारीले आफुले सक्ने काम सहयोग र सहकार्य गरेर जाने बताए । सहकारी व्यापार व्यवसाय गर्ने सबैको सहयोगी भएको उनले बताए । इमान्दार लगनशील भएकै कारण सहकारी फस्टाएको चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बुढथापाले बताए । सानोतिनो रकमले सहकारी जम्मा गरे भविष्यमा राम्रो हुने उनको भनाई थियो । उत्पादन र रोजगारी मुलुक ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिए ।
सहकारी सहजै रूपमा सानोसानो रकम जम्मा गर्ने सक्ने र अप्ठ्यारो प्रदा ऋृण निकासाका लागि सजिलो माध्यम भएको नेपाल बैंक लिमिटेड शाखा प्रबन्धक रबि भण्डारीले बताए । बैंक जस्तो झनजटिलो नहुने उनको भनाइ छ । सहकारी समाज बिकासको मेरुदण्ड भएकोमा जोड दिए । सबैले आआफ्नो तहतप्काबाट गर्न सक्ने कामलाई निरंतरता दिए अझै राम्रो हुने भन्दै सफलता शुभकामना दिए ।
कृषि प्रधान देश भएपनि, कृषिमा लगानी गरेपनि भने जस्तो रुपान्तरण हुन नसकेको सहकारीका पुर्ब अध्यक्ष तथा विशेष अतिथि रामकृष्ण बुढथापाले बताए । । कृषिलाई पहिलो प्राथमिकता नदिए आर्थिक वृद्धि नहुने उनको भनाई थियो । सानो सानो रकम राखेर ठुलो समस्या समाधान गर्न सहकारी सहयोगी बनेको धावक तथा बिशेष अतिथि हरिबहादुर रोकायाले बताए । ज्ञान, सीप र उद्योगमा लागानी गर्दै आएको नौलो बिहानी कृषि सहकारी सस्थाका प्रबन्धक चन्द्रलाल सुनारले जानकारी दिए ।




हाम्रो कर्णाली । २१ फाल्गुन २०७९, आईतवार १८:३१