जुम्ला,२१ फागुन ः संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा माओवादी केन्द्रको मुख्य जिम्मेवारी भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारीले बताएका छन् । देश अहिले माओवादीका एजेन्डा वरिपरि घुमिराखेको नेता भण्डारीले दाबी गरे । पूर्वमन्त्री भण्डारीले पछिल्लो समय अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथी मुद्दा दर्ता गर्ने बिषय शान्ति प्रक्रिया विथोल्ने र द्धन्द्ध भड्काउने कामको संकेत भएको बताउनुभयो ।
माओवादीले पार्टी सुदृढ अभियान अन्तरगत जुम्लाको जनयूद्धकालिन हेडक्वाटर दुर्गम पोखरी गाउँमा आयोजना गरिएको पोखरी घोषणापत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शान्ति प्रक्रिया भड्काउने काम न्यायलयलेनै गर्न खोजेमा कार्यवाहक प्रधानन्यायधीस पनि महाअभियोगको भागेदार हुन सक्ने बताउनुभयो ।
गणतन्त्र र यूगान्तकारी परिर्वतनका पिता प्रचण्डका विरुद्धमा मुद्दा दायर गरिएको छ । नेता भण्डारीले भन्नुभयो, “जनयूद्धको हेटक्वाटरबाट न्यायपालिकालाई राजनितिक दलको ईकाईको रुपमा र न्यायधीस कुनै पार्टीको कार्यकर्ताका रुपमा प्रस्तुत भएर सिंगो जनताको आस्थामाथी प्रहार नगर्न भण्डारीको भनाइ छ । ”




हाम्रो कर्णाली । २१ फाल्गुन २०७९, आईतवार १७:५५