नगरका युवाले गरे नगरपालिकाको ध्यानाकर्षण

पूर्ण चौलागाईँ।
चन्दननाथ नगरपालिकाका सचेत युवाले नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।
नगरपालिकालाई विकास, सुशासन र दिगो योजनाका लागि आवश्यक ठानिएका १५ मुख्य मागहरू सहित स्थानीय सचेत युवाहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । नगरपालिकाको विभिन्न समस्याहरूको समाधान, अधुरा योजनाहरूको पूर्णता र दीर्घकालीन विकासका लागि भन्दै कार्यवाहक मेयर नवराज देवकोटालाई ध्यानाकर्षण गराइएको स्थानीय लोकेन्द्र गिरीले बताए।
ध्यानकर्षण पत्रमा अधुरा सडक निर्माण कार्यलाई पुनः सुचारु गर्न, सबै वडामा केही महिना अघि सुरु भएको सडक निर्माण र पिच गर्ने काम अनिश्चित रूपमा रोकिएको प्रति युवाहरूले चिन्ता व्यक्त गरेका छन् । कर असुलीमा अन्योलता ल्याएको भन्दै तत्काल राज्यकोषबाट लागत कट्टा गरी कम्तीमा १० वर्षसम्म टिकाउ योजना बनाउन जोड दिईएको गिरीको भानाई छ ।
नगरभित्रका सबै वडाहरूमा ढल निर्माण र फोहोर व्यवस्थापनका लागि विशेष ध्यान दिन, फोहोर व्यवस्थापन गाडी प्रत्येक वडामा पु¥याउन र बजार क्षेत्रका सबै भागमा फोहोर व्यवस्थापन विस्तार गर्न माग गरिएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि परीक्षा प्रणालीमा एकरुपता ल्याउन र विश्वसनीयता कायम गर्न नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा युवाहरूले माग गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...