


पूर्ण चौलागाईँ।
तिला गाउँपालिका स्थित त्रिवेणीदेखि तातोपानी ८ -टोप्लासम्म नियमित यातायात सुचारु भएको छ। तिला कर्णाली यातायात प्राली जुम्लाले नियमित यातायात सुरुवात गरेको हो। उक्त यायायात प्रालिले सेवा दिन थालेपछि स्थानीय खुसी भएका छन्। पहिला त्रिवेणीसम्म आवतजावत गर्न धेरै सास्ती हुने र महंगो भाडा तिर्ने गरेको तातोपानी ७ का दीपक ब रावतले बताए । उनका अनुसार हाल सो यायतायत सुरुपछि समयमै गाडी पाउनुको साथै भाडादर पनि सस्तो हुँदा भेरिखोला बासीलाई राहत मिलेको छ।


जुम्ला बसपार्कदेखि टोप्लासम्म ५ सय, पातरसागुँ ४ सय ५०, कयरकोट ४ सय, सर्मि ३ सय ५० र नुवाकोटसम्म २ सय ५० रुपैयाँ भाडादर रहेको तिला कर्णाली यातायात प्राली जुम्लाका महासचिब तेज बहादुर कठायतले बताए।



