जुम्ला बहुमुखी क्याम्पस प्रमुखमा प्रकाश चन्द्र खत्री नियुक्त

पूर्ण चौलागाईँ।
पौष २९ गते
जुम्ला बहुमुखी क्याम्पस प्रमुखमा प्रकाश चन्द्र खत्री नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको पौष २८ गतेको निर्णयबाट खत्री क्यामपस प्रमुखमा नियुक्त भएका हुन्।
२० वर्षदेखि अध्यापन क्षेत्रमा अनुभव बटुलेका खत्रीले सहायक क्याम्पस प्रमुख, स्नातकोत्तर कार्यक्रम संयोजक, आर्थिक जिम्मेवारीको साथै निमित्त क्यामपस प्रमुखको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका थिए। आफ्नो ४ बर्षे कार्यकालमा क्याम्पसको क्षैशिक तथा प्रशासनिक क्षेत्रमा सुधार गर्न पहल चालिने नवनियुक्त खत्रीले बताए।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...