महासंघका कोषाध्क्ष परियारलाई मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार

पूर्ण चौलागाईँ।
पत्रकार महासंघ शाखा जुम्लाका कोषाध्क्ष सागर परियारले मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।
परियार मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार-२०८१ बाट पत्रकार सागर परियार पुरस्कृत भएका हुन्। मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत भएका हुन्।
कृषि र उद्यमशीलताका क्षेत्रमा निरन्तर कलम चलाएकाे भन्दै मुक्तिनाथ विकास बैंककाे १९ औं वार्षिक उत्सवको अवसरमा उक्त पुरस्कार वितरण गरिएकाे हो।
बैंकले यस अघि पुरस्कारका लागि देशभरीबाट आवेदन दिन सूचना प्रकाशन गरेकाे थियाे। ताेकिएकाे अविधभित्र देशभरका थुप्रै पत्रकारले आवेदन दिएका थिए। तर छनाेट समितिले गरेकाे मूल्यांकनपछि जुम्लाका पत्रकार परियारले मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारकाे ‘प्रथम’ पुरस्कार जित्न सफल भएका हुन।
बैंकले प्रथम, द्वितीय र तृत्तिय गरि तीन जनालाई पुरस्कृत गरेकाे छ। जसमा जुम्लाका सागर परियार खुल्ला प्रतियाेगिता र मुल्यांकनबाट आफूलाई अब्बल सावित गर्दै प्रथम पुरस्कार जित्न सफल भएका हुन्।
विशेषगरी कृषि र उद्यमशीलता विकास, त्यस क्षेत्रका समस्या तथा समधान लगायतका विषयमा दुर्गममा बसेर पनि निरन्तर खबरदारीमुलक समचार लेख लेखेकाे र समस्या उजागर गरेकाे भन्दै बैंककाे छनाेट समितिले प्रथम पुरस्कारका लागि सागर परियारलाई छनाेट गरेकाे हाे।
प्रथम पुरस्कार जित्न सफल पत्रकार परियारले नगद रु ३५ हजार सहित प्रशंसा पत्र प्राप्त गरेका छन्। उनलाई बैंकका अध्यक्ष भरतराज ढकालले पुरस्कार हस्तान्तरण गरे।
मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिताकाे प्रथम पुरस्कार प्राप्त गरेपछि पत्रकार सागर परियारले खुसी व्यक्त गरेका छन्। जुम्लामा संचालित कर्णाली मिसन अनलाइनका प्रकाशक समेत रहेका परियारले भने, “याे पुरस्कारले थप जिम्मेवारी र दायित्व बढाएकाे छ। कृषि र उद्यशीलताका विषयमा निरन्तर लेख्न थप प्रेरणा पनि मिलेकाे छ। देशभरी मध्यबाट जुम्लाकाे प्रतिनिधित्व गर्दै प्रथम पुस्तकार जित्नु मेराे लागि गाैरबकाे कुरा हो।”
एक दशकदेखि पत्रकारिता निरन्तर क्रियाशील रहेका परियारले कृषि, उद्यमशीलता, आर्थिक विषयमा विशेष प्रथामिकताका साथ लेख्दै आएका छन्।
छनाेट समितिका संयाेजक राष्ट्रिय समचार समितिका अध्यक्ष धर्मेन्द्र झा थिए भने अनिता बिन्दु, भुपराज बत्स्याल सदस्य रहेका थिए।




तपाईको प्रतिक्रिया