
अर्जुन महतारा।
पातारासी गाउँपालिका –३ हुरिमहरी जोड्ने काठे पुलमा अज्ञात समुहले आगजनी गरेको छ। सो पुलमा आगजनी पछि आवतजावत प्रभावित भएको।
सडक हुरिगाड खोलाको मोटरयवल काठेपुलमा अज्ञात समुहले आगजनी गरेपछि आवतजावत प्रभावित भएको हो ।करिब १५ मिटर लामो काठेपुलमा पुस १७ गते राती आगजनी भएपछि पूर्ण रुपमा क्षति भएको छ । हुरीमहरी गाउँ सरस्वति प्राथमिक विद्यालय हुरीमहरी जाने बाटोमा निर्माण भएको काठेपुलमा आगजनी भएपछि विद्यार्थीलाई पनि समस्या भएको गाउँपालिका अध्यक्ष पुर्णसिह बोहोराले बताए ।
पुलमा आगजनी भएपछि महरीका ६० घरधुरी र हुरीका १ सय ८० घरधुरीलाई यातायात मार्फत लगिने दैनिक उपभोग्य सामान लिन समस्या भएको वडाध्यक्ष गोविन्द रावतले बताए । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतिका अनुसार घटनाका विषयमा अनुसन्धान भईरहेको छ । घटना स्थल तर्फ इस्प्पेक्टरसहित दुई वटा प्रहरी टोली परिचालन गरिएको छ ।




हाम्रो कर्णाली । १९ पुष २०८१, शुक्रबार १३:५३