
पूर्ण चौलागाईँ।
भारतको उत्तराखण्ड स्थित हेमवती मन्दन बहुगुणा राजकीय बेस टिचिङ चिकित्सालयमा चन्दननाथ नगरपालिका -३ जुम्लाका ३८ वर्षीया मोहन सिंह कामी उपचार नपाएर छटपटाएका छन्। आर्थिक अभावले कामी छट्पटाएका हुन् ।
बिगत लामो समय देखि आन्द्रामा घाउ हुँदा बेला बेला विभिन्न अस्पतालमा देखाउँदै आएका उनी हाल भारतमा काम गर्न गएका थिए।
उपचार खर्चको अभावले जीवन र मरणको दोसाँधमा परिरहेको उनका आफन्त मानसिंह कामीले बताए।
“अर्थिक अभावमा बल्झिएको उनको परिवारमा कमाउने एक मात्र उनि आफै थिए,” उनले भने, “परिवारमा उनी उनकी श्रीमती, लगायत ३ वटा सन्तान छन्।
कमाउने मान्छे आफै अस्पतालको बेडमा पल्टिँदा यतिबेला उनका घरमा निकै संकट उत्पन्न भएको मोहनसिं कामी बचाउँ अभियानका अभियानकर्ता अनुप थापाले बताए।
“घाउ हेर्न पेट च्यातेका डाक्टरले भारु ३ लाख जम्मा नगरेसम्म बाँकी उपचार अगाडी नबडाउने भन्दा अझैँ गाह्रो भएको छ,” उनले भने।
उनका आफन्तहरुले यतिबेला आर्थिक संकलन अभियान सुरु गरेका छन्। सहयोगको लागि बिरामीका आफन्त मान सिंह सुनारको सिटिजन्स बैंकमा रहेको खाता नं ०३५०१००००१८२३०४१ मा सहयोगको लागि अपिल गरिएको छ।




हाम्रो कर्णाली । १८ पुष २०८१, बिहीबार १८:५३