माध्यामिक विद्यालय स्तरिय कविता प्रतियोगीतामा अन्जली रोकाया प्रथम

पूर्ण चौलागाईँ।
माध्यामिक विद्यालय स्तरिय कविता प्रतियोगीतामा कर्णाली माध्यामिक विद्यालयकी छात्रा अन्जली रोकाया प्रथम भएकी छन्। ३०३ औं पृथिवि जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसरमा आयोजित सो प्रतियोगीतामा रोकाया प्रथम भएकी हुन्। त्यस्तै दुर्गा उच्च माध्यामिक विद्यलयकी छात्रा अनुराधा चौलागाईँ दृत्तिय, चन्दननाथ उच्चमाध्यमिक विद्यालयका छात्र कपिल उपाध्याय तृतिय र भैरव माध्यामिक विद्यालय धुपिधुस्काका सन्तोष डाँगीले सान्त्वना स्थान हात पारेका छन्।
श्री देविदत्त गणले आयोजना गरेको उक्त प्रतियोगिताकामा जुम्लाका ५ वटा बिद्यालयका १३ जना छात्रछात्रालाई भाग लिएका थिए। साथै कार्यक्रममा नेपाली सेनाको वृत चित्र र खुकुरी ड्रिम प्रदर्शन गरिएको थियो।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...