पातारासीमा जल कचहरी कार्यक्रम

अर्जुन महतारा।
जुम्लाको पातारासी गाउँपालिकामा जल कचहरी कार्यक्रम गरिएको छ। पातारासी क्षेत्रमा रहेका जलस्रोतको संरक्षण गर्ने उद्देश्यले गत वर्षदेखि सो कार्यक्रम गरिदै आएको हो।
पालिका भित्र रहेका ४ सय ९५ वटा पानीका स्रोत मध्ये ३ सय ६५ वटा पानीका स्रोत संचालनमा रहेका छन् । उक्त पानीका स्रोत संरक्षणका लागि वातावरण ऐन ल्याईएको अध्यक्ष पूर्णसिंह बोहोराले बताए।
मानविय गतिविधिले पानीका मुहान सुक्न थालेको भन्दै वन फडानी र डोजर आतंकलाई रोक्ने र यस अभियानलाई सार्थक रूप दिन सामुदायिक वन उपभोक्ता समितीको सहयोग रहेको उपाध्यक्ष जनमाया रोकायालेले बताइन्।
जल,जंगल र जमिनको धनी पातारासीमा पानीका मुहान संरक्षण गर्न जल कचहरी कार्यक्रम सान्दर्भिक रहेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिनु जरुरी रहेको कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले बताए।पानीका मुहान संरक्षण देखि खानेपानी, सरसफाई र स्वच्छताका विषयमा पालिकालाई नीति निर्माणमा सहयोग गर्नको लागि जल कचहरी गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्रीवहादुर भण्डारीको भनाई छ।
सुमात्राकोे तथ्यांक अनुसार ७ वटा वडा भएको पातारासी गाउँपालिकमा पानीका स्रोत ४ सय ९५ वटा छन् । जस मध्ये १ सय २९ वटा मात्रै प्रयोगमा छन् । तर, ३ सय ६५ वटा मुहान प्रयोगमा नभएको किर्डाक नेपालकी विनु चित्रकारले बताइन ।




तपाईको प्रतिक्रिया