दियालोका बचतकर्ता आन्दोलनमा

पूर्ण चौलागाईँ ।
जुम्लामा रहेको दियालो बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ता आन्दोलनमा उत्रिएका छन् । दियालो बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो बचत फिर्ता नगरेको भन्दै बचतकर्ता आन्दोलनमा उत्रिएका हुन्,।
दियालो बहुउदेश्यीय सहकारी संस्थामा आवद्ध बचतकर्ताले आफ्नो रकम फिर्ताको माग राख्दै आन्दोलन गरिरहेका छन् । पसिना बगाएर बचत गरेको रकम मिति नाघिसक्दा समेत फिर्ता नभएपछि बचतकर्ता संघर्ष समिति बनाएर क्रमबद्ध रुपमा आन्दोलन गरिहका छन् ।आज जुम्लामा पत्रकार सम्मेलन गर्दै बचत फिर्ता संघर्ष समितिका अध्यक्ष धर्मनन्द धितालले सहकारी बाट आश्वासन बाहेक केहि नपाउदा आन्दोलित हुनुपर्ने बाध्यात्मक परिस्थिति आएको बताए । दियालो दियालो बहुउदेश्यीय सहकारी संस्थाका व्यवश्थापक दिपक शाह महिनौं देखि जिल्ला बाहिर रहेको र सोहि सहकारीका अध्यक्ष टेकबहादुर शाही भारतको कोलकत्तामा रहेको उनले बताए ।
चना ४ का टोमा छिरिङ लामाले दियालोमा १२ लाख बचत गरेकि छन् । ‘पहिले फकाउदै १४ प्रतिशत ब्याज दिने प्रलोभन देखाउदै बारम्बार घरमै धाएर पैंसा बचत गर्न लगाए, अहिले सहकारीका व्यश्व्थापक, कर्मचारी फोन समेत उठाउदैनन् ।’ उनले रुदै भनिन् । दुधे बालक सँग जडिबुटी संकलन गरि कमाएको पैंसा सहकारीले फिर्ता नै गरिरहेको छैन ।
यस्तै पातारासी गाउँपालिका १ गडिगाउँका दत्र् बहादुर बुढाले १० लाख बचत गरेको तर १ लाख मात्रै फिर्ता पाएको गुनासो गरे । बचत फिर्ता नभएपछि मौसमी व्यापार प्रभावित भएको उनले बताए । ‘दियालोमा १० लाख बचत छ, सिजन–सिजनमा जडिबुटि व्यापार हुन्थो, अहिले ठप्प छ । अब त परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।’ दत्र् बहादुर सुनाए ।


यता दियालो बहुउदेश्यीय सहकारी संस्थाका व्यवश्थापक दिपक शाहले चैत सम्म सबैको बचत फिर्ता गर्ने बताएका छन् । सहकारी ले २८ करोड ऋण उठाउन बाँकि छ, १८ करोड जति बचत फिर्ता गर्नुपर्ने छ । चैत सम्म सबैको बचत फिता गर्ने गरि काम भइरहेको उनले बताए । तर बचतकर्ताह? चैत सम्म सबै रकम पाउनेमा विश्वस्त छैनन् । बारम्बार आश्वासन दिने तर रकम फिर्ता नगर्ने प्रवृत्तिले बचतकर्ता हच्किएका छन् । न्यायको बाटो समातेर पनि बचत फिर्ता गराउने आन्दोलनरत बचतकर्ताको धारणा छ ।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...