लेखक चौलागाईँद्रारा महासंघ जुम्लालाई पुस्तक सहयोग

पूर्ण चौलागाईँ।
लेखक तथा साहित्यकार खडानन्द चौलागाईँले नेपाल पत्रकार महासंघ शाखा जुम्लालाई पुस्तक सहयोग गर्नु भएको छ। कर्णालीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले लेखिएका ११ थान पुस्तक महासंघमा स्थापना गरिएको पुस्तकालयमा राख्न सहयोग गरिएको लेखक चौलागाईँले बताए। कर्णालीको कला, साहित्य तथा रीतिरिवाजको विकासको लागि लामो समयदेखि लेखक चौलागाईले विभिन्न पुस्तकहरू लेख्दै आएका छन्। कर्णालीको परिचय, मझेरीबाट हेर्दा कर्णाली, कर्णालीका आन तथा उखान संग्रह लगायत दर्जन बढि पुस्तकहरु लेखिएको लेखक चौलागाईंको भनाई छ।
बहुप्रतिभाका धनी चौलागाईँ लेखक तथा साहित्यकार मात्र नभइ गायकार पनि हुनुहुन्छ। उहाँका देउडा तथा ठाडीभाका सामाजिक सञ्जालमा हेर्न र सुन्न सकिन्छ।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...