कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५८ जना विद्यार्थी दीक्षित

पूर्ण चौलागाईँ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पहिलो पटक ५८ जना विद्यार्थी दीक्षित भएका छन्। प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दिक्षित भएका हुन्।
प्रतिष्ठानबाट जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरु दीक्षित भएका हुन्।
प्रतिष्ठानका अनुसार स्नातकतर्फ १३ जना बीएमएस, ३८ जना बीपीएच, र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ। यस्तै प्रधानमन्त्री ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नव निर्मित शैक्षिक भवन समेत उद्घाटन गरेका हुन्।
उपकुलपति डा . मंगल रावलले सिटामोलको अभाव झेल्ने कर्णालीले अब देशमा आइपर्ने स्वास्थ्य संकटलाई सहयोग गर्ने हैसियत बनेको बताए ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...