खुट्टाले हान्या भकुण्डो खेलको इनाम कुडाडीले झित्यो

पूर्ण चौलागाईँ।
खुट्टाले हान्या भकुण्डो खेलको इनाम कुडाडीले झित्या छ। आज भया खेलमै समाज चेतना  तुन्नेडी समुह हियाखोला न हराइकन देउती कैलाश तुन्नेडी समुह कुडाडीले झित्या छ।

दुवै समूहले १/ १ गोल बराबर भयापाछि त्यै खेल पेनाल्टीमै गया छियो। त्यै खेलमै देउती कैलाश तुन्नेडी समुह तिला गाउँपालिका वडा नुम्बर ३ कुडाडीले झित्यो।
पैलो हुन्या समूहले ६६ हजार, ६ सय ७० रुपियाँ इनाम पाया छुन भुण्या दोर्सो हुन्याले ३३ हजार ३ सय ३५ रुपियाँ इनाम र शिल्ड पाया कुडा दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम बहादुर नेपालीले जुनेस् दिया छुन्।
दलितहरु माझ राम्मो सम्बन्द राख्न्या हेतुले खेलाया तेई खेलमै जिल्ला भरिका १७ तुन्नेडी समुहले भाग लीया कुडा जुनाईया छ।दलित सेवा संघ जुम्लाले त्यै खेल खेलाया छियो।




तपाईको प्रतिक्रिया