जुम्ला : पार्टी सुदृढ अभियानकाे क्रममा जुम्ला पुुगेकी नेकपा माअाेवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसी अाफ्नै नेता कार्यकर्तामाथि खनिएकी छन् । उनले भनिन् चरम गुटवन्दीकैे कारण माअाेवादीकाे अवस्था विग्रेकाे हाे । त्याे वैद्यबबाट अाएककाेे हाे । याे तिलनाबाट अाएककाेेे हाे र हामी मात्रै असली माअाेवादी हु भन्दै गर्दा याे स्थिति सिर्जना भएकाे हाे ।
अब पार्टी सुदृढीकरण अभियान चलाएका छाै । गुटउपगुट नगर्न निर्देशन गर्दै चाडै जुम्लाले नयाँ संयोजक पाउने उनले बताईन् ।
नेकपा माओवादी केन्द्र जुम्लाले दुई महिने पार्टी सुदृढ अभियान सुरु गरेको छ । माओवादीले जुम्लामा जिल्ला स्तरीय बृहत् प्रशिक्षण कार्यक्रम गरेर अभियान सुरु गरेको हो।
नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज कालीबहादुर मल्ल, प्रदेश पार्टी अध्यक्ष विमला केसी, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारी सहित केन्द्रीय सदस्य ,प्रदेश सदस्य, जिल्लाका नेताहरू तथा अगुवा कार्यकर्ता सहिद परिवारको उपस्थितिमा अभियानको सुरुवात गरिएको हाे ।
अभियानमा स्थानीय तह र वडा तह सम्मका कमाण्डहरु तोकेको छ । यसैगरी वडागत रुपमा समेत कमाण्डर तोकेको छ । ८ वटा स्थानीय तह र ६० वटा वडामा १ सय १८ जना पार्टीका अगुवा नेताहरूलाई खटाएको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ ।

हाम्रो कर्णाली । १९ फाल्गुन २०७९, शुक्रबार २१:२६