सिंजामा सरसफाई सचेतीकरण कार्यक्रम

जुम्ला : सिजा गाउँपालिकाकाे १, २ र ३ वम्बर वडामा सरसफाई सम्वन्धी सचेतीकरण कार्यक्रम सञ्चालन गरिने भएकाे छ । गाउँपालिकाे समन्वयमा साँझेदारी सहयाेग केन्द्र (पेस नेपाल) जुम्ला र प्लान नेपालकाे सहजीकरणमा सरसफाई कार्यक्रम संचालन गर्न थालिएकाे हाे ।
पेस नेपाल जुम्लाका परियाेजना संयाेजक हेमराज भट्टका अनुसार सरसफाईका क्षेत्रमा नागरिका नानीबानी परिवर्तन, घर अागन शाैचालय सरसफाई गर्न कार्यक्रम संचालन गर्न थालिकाे हाे । विपन्न नागरिकलाई सरसफाई सम्वन्धी सचेतीकरण गर्नुका साथै शाैचालय र हातधुनका लागि प्रयाेगमा अाउने बाल्टी जग र बाटा पनि सहयाेग गर्ने कार्यक्रम रहेकाे छ ।
सिजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सरसफाई कार्यक्रममा सहयाेग पुर्याउनका लागि स्वयम् सेवक पालिकाले खटाउने छ । यश विषयमा पालिकाकाे सरसफाई अभिमुखिकरण कार्यक्रममा छलफल भएकाे छ ।




तपाईको प्रतिक्रिया