सिंजाका १४ जनालाई ४२ लाख बीमा भुक्तानी

जुम्ला : सिंजा गाउँपालिकाका १४ जना स्थानीयलाई बिमा दाबी भुक्तानी गरिएको छ । गत असोजको बेमौसमी बाढीले घर पुर्ण रुपमा क्षति भएका स्थानीयलाई शिखर ईन्सोरेन्स कम्पन्नी जुम्ला शाखाले ४२ लाख ५ हजार ५ सयको दाबी भुक्तानी गरेको हो ।
शुक्रबार गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रमका बीच सिंजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बिमितहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।
स्याउ बिमा गरेका किसानले घर बिमा गर्न ५ सय ८६ रुपैया मात्रै बिमा शुल्क बुझाएका थिए । तर ५ सय तिरेर ३ लाख ७५ हजार सम्मको क्षतिपुर्ति पाउँदा बिमित निकै उत्सहित भएका छन् । सिंजा वडा नंं. १,२ र ६ का १४ जना बिमितले ५ सयबढी रकम मात्रै तिरेर ३ लाख ७५ हजार सम्मका राहत पाउँदा खुसी भएका हुन् ।
सिंजा ६ का बिज्ञान बुढा भन्छन,“स्याउ बिमा गरेको थिए । घर बिमा गर्ने ईच्छानै थिएन् । तर शिखर ईन्सोरेन्सका कर्मचारीले घर बिमा गर्न दबाब दिएपछि बिमा गरेको थिए । ५ सय तिरेर लाखौ राहत पाउने कल्पना थिएन् । गत असोजको बाढीले ५ कोठेघर पुर्णरुपमा क्षति भयो । तर बिमाले ३ लाख ५० हजार क्षतिपुर्ति दिँदा निकै खुसी छु ।”
सिंजा २ का सर्प वडले पनि घर बिमा गर्न आनाकानी गरेरै गरेका थिए । उनको १३ कोठे घर गत असोजको वर्षातले पुर्ण क्षति गर्यो । ५ सय रुपैया तिरेर घर बिमा गरेका वर्ड  सबै भन्दा बढी ३ लाख ७५ हजारको चेक पाउँदा दंग छन् । अब गाउँमा सबैलाई घर बिमा गर्न सुझाब दिने उनकोे भनाई छ ।
सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले पिडित नागरिकको पिडामा शिखर ईन्सोरेन्स कम्पन्नीले मलम लगाएकोमा धन्यबाद दिए । गत असोजको बाढीबाट क्षत विक्षत सिंजाले धेरै क्षति व्यवहोर्नु पर्यो । उनले भने,“बर्षातले सिंजाका ६ सय ४४ घर भत्कीएका थिए । त्यसमध्य सरकारले १ सय ४० घर निर्माण गर्ने भएको छ । प्रतिव्यक्ति ५ लाख पाउने छन् । पालिकाले ५० हजार दिने छ । तर घर बिमा गरेका बिमितले पनि अपेक्षा भन्दा बढी क्षतिपुर्ति पाएपछि गाउँपालिकालाई हल्का भयो । शिखर ईन्सोरेन्स वास्तवमा विपद र जोखिमको सारथी बनेको छ ।”
शिखर ईन्सोरेन्स कम्पन्नी जुम्ला शाखा प्रबन्धक दिप्दर्शन फडेराले विगत ९ वर्षदेखि जुम्लामा शिखर ईन्सोरेन्स जुम्लाको कृषि, प्राकृतिक विपद जोखिम बहनका क्षेत्रमा काम गर्दै आएको बताए ।
बिमाको फाईँदाबारे नबुझ्दा अझै किसानहरु कृषि बिमा घर बिमा जस्ता कुरा गर्न कन्जुसाई मानिरहेकोले चेतना अभिबृद्धिमा जोड दिईको उल्लेख गरे ।
सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थ वडले शिखर ईन्सोरेन्स कम्पन्नीले दुरदराजका नागरिकसंग निरन्तर बिमाका फाईदाबारे जनचेतना दिएर बिमाको पहुँच अभिबृद्धि भएको बताए । स्वयम् आफुले पनि बिमाबाट राहत पाएको भन्दै उनले बिमाले विपदको आलो गाउँमा मलम लगाएको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...