
नव गठित ‘तातोपानी पत्रकार मञ्च’को अध्यक्षमा जुम्ला स्थित रेडियो नेपालका संबाददाता सागर परियार चयन भएका छन् । तातोपानी गाउँपापालिका स्थायी घर भई जिल्ला र जिल्ला बाहिर रहेर पत्रकारिता गर्दै आएका संचारकर्मी पत्रकारहरु संगठित हुदैँ मञ्च गठन गरेका हुन् ।
बुधबार जुम्लामा भएको भेटघाट तथा छलफल कार्यक्रम पश्चात पत्रकार परियारको अध्यक्षमा ९ सदस्यीय तातोपानी पत्रकार मञ्च गठन भएको हो । जसको उपाध्यक्षमा रेडियो नारी आवाजका स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने,सचिवमा खुला आकास रेडियोका स्टेशन म्यानेजर मान बहादुर कुँवर,कोषाध्यक्षमा रेडियो खुला आकाशमै कार्यरत सरिता पराजुली र सहचिवमा जुम्ला दर्पण अनलाईका कार्यकारी सम्पादक प्रकाश कामी रहेका छन् ।
त्यस्तै सदस्यमा कृष्णमाया उपाध्याय (बिबिसी),बरमराज कामी (जुम्ला दर्पण), डिल्ली कामी (जुम्ला दर्पण) र दशरथ चनारा (कर्णाली पोष्ट)चयन भएका हुन् । साथै जुम्लाका पुराना पत्रकार प्रकाशचन्द्र खत्रीको संयाजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । जसको सदस्यमा जेष्ठ पत्रकार खड्क बहादुर स्वाँर,पुर्ण प्रसाद चौलागाई,नन्दराम जैशी र शुभाकर विश्वकर्मा रहेका छन् ।
ततोपानी पत्रकार मञ्चको प्रमुख संरक्षकमा तातोपानी गाउँपालिका रहेको छ । जुम्ला तातोपानीका मात्रै एक दर्जन क्रियासिल पत्रकार रहेको र मञ्चनै गठन गरी पालिकाको समृद्धी र पेशागत सुरक्षाको उद्देश्य राखेर अघि बढेकोमा तातोपानीकमा अध्यक्ष नन्दप्रसाद चौलागाँईले शुभकामना दिनुभयो । संचार समन्वयलाई आगामी दिनमा थप प्रभावकारी बनाईने उहाँको भनाई छ ।
ततोपानी पत्रकार मञ्चले तातोपानीका पत्रकारलाई कुनै पनि समस्या पर्दा सहयोग गर्ने,तातोपानीको सम्भावनालाई उजार गर्ने,समन्वय सहकार्य गर्ने,जिल्लामा आपसी एकता सद्भाव कायम राखी नमुना सन्देश दिने लक्ष्य राखेको मञ्चका अध्यक्ष सागर परियारले बताउनुभयो ।
कार्यक्रममा तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायत,तातोपानी घर भई सडक डिभिजन जुम्लाका कार्यरत विरेन्द्र रावल लगायतको सहभागिता थियो ।




हाम्रो कर्णाली । १७ फाल्गुन २०७९, बुधबार १७:४९