रारालिही स्वास्थ्य चौकीद्धारा विद्यार्थीलाई स्तनपानको महत्वबारे अभिमुखिकरण

विजय रावत,
जुम्ला । जुम्लाको तिला गाउँपालिकाको रारालिही स्वास्थ्य चौकीद्धारा उक्त पालिकाको–२ मा रहेको कालिका आधारभुत विद्यालय भुगेडी लिहीका विद्यार्थीलाई विश्व स्तनपान सप्ताह दिवसको अवसरमा स्तनपानको महत्व यसको प्रयोग,स्तनपान शिक्षा स्वास्थ्य सम्बन्धी यहाँका विद्यार्थीलाई अभिमुखिकरण तालिम दिएको रारालिही स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिनुभयो ।
यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ । स्तनपानको महत्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरी सरकारले मनाउने गरेको छ ।

जस अन्तर्गत रारालिही स्वास्थ्य चौकीले विद्यालयका विद्यार्थी र तिला– २ का आमाहरुलाई कार्यालयमै सहभागी गराई स्तनपानको महत्व र यसको प्रयोगबारे जानकारी दिएका छौ । जनस्वास्थ्य निरीक्षक रावतले भन्नुभयो,“स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । ”

शिशुलाई छ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ । स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्नेगर्छ । शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्वपूर्ण हुने गरेको जनस्वास्थ्य निरीक्षक कमल रावतले बताउनुभयो ।
कुपोषण घटाउनका लागि स्तनपानले महत्वपूर्ण भूमिका खेल्छ ।आमाको दुध खुवाउँदाहुने फाइदाहरुकोबारे यहाँका आमालाई स्तनपान शिक्षा दिएको घोडे स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक गशेण नेपालीको भनाइ छ । स्तनापन सम्बन्धी महत्वपूर्ण जानकारी र उचित परामर्श पाउँदा विद्यार्थीलाई थप यस विषयमा बोल्न र समाजलाई सचेत गराउन सहज गरेको कालिका आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी अन्तिम परियारले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...