




विजय रावत,
जुम्ला। जुम्लाको तिला गाउँपालिकाकाे देउली पाटनमा मंगलबार दिउसो १२ बजेतिर चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । साे पालिकाकाे – ६र ९ वडामा पर्ने देउली पाटनमा चट्याङ्ग लागेर तिला- ७ का पाेख्री गाउँका ९ जना भेडा पालक किसानका एकसय भेडा पाटनमा मरेकाे तिला गाउँपालिकाका अध्यक्ष माेतीलाल राेकायाले जानकारी दिनुभयो । चट्याङबाट भेडापालक
पोख्री गाउँका भीम वहादुर रोकाया, लालसिंह रोकाया, कालीवहादुर रोकाया, बिर वहादुर रोकाया, बल वहादुर रोकाया, कालीवहादुर बोहोरा, नैने बुढा र राम वहादुर रोकायाका करिब एक सय भेडा मरेकाे गाउँपालिका अध्यक्ष राेकायाकाे भनाइ छ। कसका कति मरेका हुन भन्ने एकिन विवरण आउन बाँकी छ । क्षतिकाे विवरण संकलन गर्न प्रहरी पाटनतर्फ जादै छ। बुधबारसम्म सम्पूर्ण विवरण आउने भएको छ।साथै चट्याङ्गमा परी तिला-७ का अन्दाजी ५५ वर्षिय लाल सिंह राेकाया सामान्य घाईते भएका छन् । पिडित भेडापालक किसानलाई राहत दिन पालिकाकाे विपद व्यवस्थापन समितिकाे बैठक बसेर निर्णय गरिने अध्यक्ष राेकायाले जानकारी दिए । खर्कमा व्यवस्थित भेडीगाेठ नहुनु र किसानले भेडाकाे बिमा नर्गदा पटक पटक यस्ता विपद्बबाट लाखाैकाे क्षति व्यवहाेर्दै आएका छन् । स्थानीय सरकारले भेडा पालक किसानलाई राहत दिन विशेष अनुदान तथा सहुलियतका कार्यक्रम ल्याउनु पर्ने किसानकाे माग छ ।
अध्यक्ष राेकायाका अनुसार घटना भएकाे क्षेत्र धेरै टाढा रहेकाे र प्रहरी पुग्न समय लाग्ने भएकाेले क्षतिकाे एकिन विवरण आउन भने बाँकी रहेकाे छ ।



