तिलामा काँचो स्याउ संकलन गर्ने व्यापारीका गाेदाममा सिल

जुम्ला,२५ साउन : जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ संकलन गरेका गाेदाममा सिल गरेको छ। गाउँपालिकाका उपाध्यक्ष गाेरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चाैकीका प्रहरी सहितको टाेलीले काँचो स्याउ संकलन भएका तिला-१ रारा सेरिबजारमा रहेका छवटा गाेदाममा सिल गरिएको गाउँपालिकाका उपाध्यक्ष बुढाले जानकारी दिनुभयो।


स्याउ राम्रोसँग नपाकेकाे स्याउ संकलन गर्ने व्यापारीका गाेदाममा सिल गरेकाे छ । उपाध्यक्ष बुढाले भन्नुभयो ,”गाउँपालिकाकाे निर्णय र निर्देशन विपरीत लुकिछिपी स्याउ संकलन गरेका व्यापारीका गाेदाम सिल गरिएकाे हाे । यसअघि गाउँपालिकाले सार्वजनिक सुचना मार्फत पालिकाभरीका वडामा काँचो स्याउ नटिप्न निर्देशन समेत जारी गरिएकाे थियाे ।” पालिकाले भदाै ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न र स्याउ नटिप्न सुचनाबाट आग्रह गरिएको थियो । स्याउ निर्यातकाे लागि व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने गाउँ कार्यापालिकाबाट निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष बुढाको भनाइ छ। लुकिछिपी स्याउ निर्यात भइरहेकाे सुचना पालिकामा प्राप्त भपछि यहाँका छवटा स्याउ भण्डार गरिएका गाेदाम सिल गरिएकाे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिनुभयो । राम्रोसँग स्याउ परिपक्व नहुँदै संकलन गरिएका छवटा गाेदाममध्ये सबैभन्दा बढी तिला-७ का स्थानीय व्यापारी पार्वती बुढाकाे १३० काटुन त्यस्तै तिला-१ का गाेरख बहादुर बस्नेत, तिला-२ का जग बहादुर रावत र तिला-१ का  विर बहादुर रावत र नरविर बुढाका समान ४०/४० कार्टुन र तिला-९ का कमल बुढाकाे ३९ कार्टुनकाे काँचो स्याउ संकलन भएको गाेदाम सिल गरिएकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो । तिलाका विभिन्न वडा तथा बस्तीहरूमा पालिकाकाे निर्णय विपरीत स्याउ संकलन भइरहेकाे पाइएपछि गाेदाम सिल गरिएकाे रारालिही प्रहरी चाैकीका इन्चार्ज टि. वी. घर्ती मगरले जानकारी दिनुभयो । कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सुचना मार्फत काँचो स्याउ बजारमा निर्यात नगर्न जिल्लाका किसान र व्यापारीलाई निर्देशन समेत दिएको कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...