पूर्वाधार विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ७४ प्रतिशत

विजय रावत,
जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८० । ८१ मा पुँजीगत खर्च ७४ दशमलव ८६ प्रतिशत गरेको छ । कार्यालयको बार्षिक विनियोजन जम्मा बजेट ५७ करोड ३२ लाख ४२ हजार मध्ये ४२ करोड ५३ लाख ४ हजार खर्च भएको छ । अर्थात् कुल बजेटको ७४ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम प्रसाद देवकोटाले जानकारी दिनुभयो ।
पुँजीगततर्फ वार्षिक विनियोजित बजेट ५६ करोड ७८ लाख ८८ हजार मध्ये ४१ करोड ७७ लाख ९१ हजार खर्च भएको छ । पुँजीगततर्फ कुल बजेटको ७४ दशमलव ८६ प्रतिशत खर्च हो । कार्यालय प्रमुख देवकोटाले भन्नुभयो,“ चालूतर्फ १ करोड २४ लाख ५४ हजार बजेट मध्ये ९७ लाख ४२ हजार अर्थात् ७८ दशमलव २३ प्रतिशत बजेट खर्च भएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ । ”
पूर्वाधार विकास कार्यालयले जिल्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडीमा हिमा नदी माथि पक्की पुल निर्माण गरेको छ । गत आवमा २ दशमलव ६३ किलोमिटर कालोपत्रे र पक्की सडक निर्माण गरिएको छ । यसैगरी १७ दशमलव ९४ किमी सडक ग्राभेल, सडक स्तरोन्नति,नाला निर्माण ३ किमी निर्माण गरिएको पुर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारको समानिकरण बजेटबाट जनता आवास कार्यक्रम अन्तर्गत ११ वटा र विपन्न घर कार्यक्रम अन्तर्गत ९ वटा घर निर्माण भइ संचालनमा आएको पुर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले तातोपानी,सिंजा र तिला गाउँपालिका गरी तीनवटा स्थानीय तहमा झोलुंगे पुल निर्माण समेत गरेको छ । झोलुंगे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौं स्थानीय लाभान्वित भएकाछन् ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...